सडक यातायात क्रमशः सहजतातर्फ

एमालेको सचिवालय बैठक सुरु

जबराको राजीनामा माग्दै जिल्ला अदालत कैलालीमा बारको धर्ना

काठमाडौं । सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबराको राजीनामा मात्र गर्दै कैलाली बार एसोसियसनले जिल्ला अदालत अगाडि धर्ना दिएको छ । 
बारका पदाधिकारी तथा अधिवक्ताले हातमा कोलोपट्टी बाँधेर अदालत अगाडि एक घण्टा धर्ना दिएका हुन् । बारको केन्द्रीय तालिकाअनुसार कैलाली बारले प्रधान न्यायाधीशको राजीनामा माग गर्दै आन्दोलन गरेको बारका अध्यक्ष शिद्धराज ओझाले बताउनुभयो । राजनीतिक भाग मागेर प्रधान न्यायाधीशले अदालतको गरिमालाई कमजोर बनाउन खोजेपछि उनको राजीनामा माग गरेको ओझाले बताउनुभयो ।

प्रकाशित मिति : २८ कार्तिक २०७८, आइतबार  २ : ३४ बजे