यस्तो छ आजको विनिमय दर

सर्वोच्च प्रशासनले अदालतबाट हटायो सशस्त्र प्रहरी 

काठमाडौँ । कानुन व्यवसायीहरूको आन्दोलन दबाउन शुक्रवार सशस्त्र प्रहरी परिचालन गरेको सर्वोच्च अदालत प्रशासन आज त्यसबाट पछि हटेको छ । 

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै प्रदर्शनमा उत्रिएका कानुन व्यवसायीलाई आज प्रहरीले सर्वोच्च अदालत परिसरमा प्रवेश गर्न दिएको छ । 

शुक्रवार खटाइएको सशस्त्र प्रहरी पनि हटाइएको छ । तर, प्रहरीले नेपाल बारका पदाधिकारीहरूले सम्बोधन गर्न लाग्दा माइक खोस्न खोजेका छन् भने कानुन व्यवसायीहरू चर्को नाराबाजी गरिरहेका छन् । 

धर्ना कार्यक्रममा बोल्दै नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठ र महासचिव लिलामणि पौडेलले राजीनामा नदिएसम्म धर्ना दिन नछाड्ने बताउनुभयो । 

 

 

प्रकाशित मिति : २८ कार्तिक २०७८, आइतबार  ११ : ११ बजे