काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्षमा प्रदर्शनमा उत्रिएका पाँच जना अभियन्तालाई प्रहरीले पक्राउ गरेको छ ।
जबरा विरुद्ध नेपाल बार एसोसिएसनले सर्वोच्च अदालतको मुल गेटमा धर्ना थालेपछि विरोधमा उत्रिएका तारा बरालसहितका पाँच जनालाई प्रहरीले पक्राउ गरेको हो ।
नेपाल बारले जबराको राजीनामा माग्दै थालेको आन्दोलनको विपक्षमा पनि आन्दोलन सुरु भएका छन् । विरोधका लागि उत्रिएका जबरा पक्षधरलाई भने प्रहरीले पक्राउ गरेको हो ।
प्रकाशित मिति : २८ कार्तिक २०७८, आइतबार १० : ४४ बजे
प्रतिक्रिया