यस्तो छ आजको विनिमय दर

प्रधानन्यायाधीशविरुद्ध देशभर आन्दोलन गर्दै नेपाल बार

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै आएको नेपाल बार एसोसिएसन आजदेखि देशभर आन्दोलन गर्ने भएको छ ।

यसअघि, सर्वोच्च अदालत, विशेष अदालत र काठमाडौँ उपत्यकास्थित अदालतमा कालो पट्टी बाँधेर आन्दोलन गर्दै आएको नेपाल बार एसोसिएसनले आजदेखि आन्दोलन देशभर बिस्तार गर्न लागेको हो ।  

बारका महासचिव लीलामणि पौडेलका अनुसार काभ्रे र उपत्यकाभित्रका सबै जिल्ला अदालत, न्यायाधिकरण, विशेष अदालतमा दिउँसो १२ बजेसम्म मुद्दा सुनुवाइ नगर्न आग्रह गरिएको छ । 

प्रधानन्यायाधीशलाई भने सर्वोच्च प्रवेशमा रोक लगाउन मूल गेटमै धर्ना दिने कार्यक्रम रहेको जनाइएको छ  । प्रधानन्यायाधीश जबरा गत शुक्रवार अर्को गेटबाट कार्यालय प्रवेश गर्नुभएको थियो  

नेपाल बारले १४ कात्तिकदेखि प्रधानन्यायाधीशको राजीनामा माग्दै आन्दोलनमा गर्दै आएको छ । 

प्रकाशित मिति : २८ कार्तिक २०७८, आइतबार  ९ : २५ बजे