बाढीको स्थितिमा सुधार

एमाले महाधिवेशन : गुल्मीबाट को–को बने महाधिवेशन प्रतिनिधि?

गुल्मी । नेकपा (एमाले) गुल्मीले १०औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि चयन गरेको छ ।

गुल्मी क्षेत्र नं. –१ बाट मधुकृष्ण पन्त, बालसिंह काउछा, कृष्ण भुसाल, अम्मर सिंजापती, प्रेम पराजुली, खिमानन्द पाण्डे, नर्मदा भण्डारी र लक्ष्मी पन्त सर्वसम्मत चयन हुनुभएको छ ।

क्षेत्र नं. २ बाट सोमनाथ सापकोटा, धर्म विक, चक्रबन्दु भुसाल, रितबहादुर थापा, नारायण पोख्रेल, ललिता गौतम र सीता भण्डारी महाधिवेशन प्रतिनिधि चयन हुनुभएको एमाले कार्यालय सचिव गणेश श्रेष्ठले जानकारी दिनुभयो। 

दलित कोटामा कृष्ण सुनार, जङ्ग नेपाली र जुना विक महाधिवेशन प्रतिनिधि छानिनुभएको छ ।

प्रकाशित मिति : २८ कार्तिक २०७८, आइतबार  ९ : ०५ बजे