बाढीको स्थितिमा सुधार

नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै, महाधिवेशनको कार्य तालिका अनुमोदन हुने

काठमाडौँ । सत्तासीन नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्ने भएको छ  । 

पार्टी केन्द्रीय कार्यालय बिपी स्मृति भवनमा दिउँसो १:०० बजे केन्द्रीय कार्यसमिति बैठक बोलाइएको काँग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

बैठकले पार्टीको आसन्न १४औँ महाधिवेशनको कार्य तालिका अनुमोदन गर्नेछ । शनिवारको पदाधिकारी बैठकले कार्य तालिका तय गरेको थियो ।

काँग्रेसको महाधिवेशन मङ्सिर २४ देखि २६ गतेसम्म काठमाडौँमा हुने तय भइसकेको छ । 

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित केन्द्रीय सदस्यको सहभागिता रहनेछ ।

आजको बैठकमा भातृ संस्थाबाट हुने प्रतिनिधित्व र विदेशस्थित जनसम्पर्क समितिका प्रतिनिधित्वलगायत विषयमा पनि छलफल हुने नेताहरूले बताएका छन् ।

प्रकाशित मिति : २८ कार्तिक २०७८, आइतबार  ८ : ०७ बजे