बाढीको स्थितिमा सुधार

ओली सर्वसम्मत फेरि अध्यक्ष हुनुहुन्छ : टोपबहादुर रायमाझी

काठमाडौं –  नेकपा (एमाले) स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीले आफूहरुको १०औं महाधिवेशनमार्फत सर्वसम्मत रुपमा केपी शर्मा ओली अध्यक्षमा चयन हुने धारणा राख्नु भएको छ ।

शनिबार रिपोर्टर्स क्लबको साक्षात्कारमा नेता रायमाझीले १०-१२ मंसिरमा चितवनमा सम्पन्न हुने राष्ट्रिय महाधिवेशनले ओलीलाई सर्वसम्मत फेरि अध्यक्ष चुन्ने बताउनु भयो ।

‘हामीले विधान महाधिवेशनमा विधान सर्वसम्मत पारित गर्‍यौ । अब नेतृत्व चयन गरिने हो । अब पार्टीमा नयाँ नेतृत्वको निर्माण गर्छौं । सायद, केपी शर्मा ओली सर्वसम्मत् अध्यक्ष हुनुहुन्छ । विधान अधिवेशनले पनि यो कुराको संकेत गरिसकेको छ,' उहाँले भन्नुभयो ।  

एमालेले आफ्नो आन्तरिक काम सम्पन्न गरिसकेको भन्दै उनले स्थानीय, प्रदेश र केन्द्रको निर्वाचनमा केन्द्रीत भएर अब संगठन विस्तारमा अघि बढ्ने बताउनु भयो  ।

प्रकाशित मिति : २७ कार्तिक २०७८, शनिबार  ८ : १४ बजे