सडक यातायात क्रमशः सहजतातर्फ

एमालेको सचिवालय बैठक सुरु

विवाह पञ्चमीको तयारी

धनुषा । जनकपुरधाममा प्रत्येक वर्ष धूमधामका साथ मनाइने विवाह पञ्चमी महोत्सवका लागि  तयारी थालिएको छ । 

आगामी मङ्सिर १७ गते  आयोजना हुने महोत्सवलाई भव्य  बनाउनका लागि तयारीमा जुट्न मन्दिरका महन्थ राम तपेश्वरदास वैष्णवले आग्रह गर्नुभएको छ । 

उहाँले  विवाह पञ्चमीमा विभिन्न स्थानबाट पाहुना आउने र यसका लागि  उपमहानगरले सरसफाइमा ध्यान नदिएकाले नगरवासीलाई  सरसफाइमा लाग्नसमेत आग्रह गर्नुभयो ।

महोत्सवको तयारीका लागि शुक्रवार जानकी मन्दिरमा सर्वपक्षीय बैठक बसेको थियो । उक्त बैठकले शान्ति सुरक्षा, प्रचारप्रसार, बजार व्यवस्था, रङ्ग भूमिमा द्वार निर्माण, पण्डाल व्यवस्थापन, यातायात व्यवस्था, ट्राफिक व्यवस्थापन, स्वास्थ्य उपचारलगायत उपसमिति गठन गरेको महन्थ दासले बताउनुभयो ।

महोत्सवको  पहिलो दिन मङ्सिर जनकपुर नगर दर्शन, दोस्रो दिन फूलबारी लीला, तेस्रो दिन धनुष यज्ञ, चौथो दिन तिलकोत्सव, पाँचौँ दिन मटकोर, छैटौँ दिन सीता–राम स्वयंवर तथा विवाह महोत्सव र सातौँ दिन रामकलेवा गरी जन्तीको बिदाइ गरेर समापन गरिन्छ ।रासस 

प्रकाशित मिति : २७ कार्तिक २०७८, शनिबार  १२ : ३८ बजे