बाढीको स्थितिमा सुधार

एमालेले गण्डकीबाट छान्यो सर्वसम्मत महाधिवेशन प्रतिनिधि

पोखरा । ​​​​​​​नेकपा एमालेले गण्डकी प्रदेश कमिटीबाट १०औँ महाधिवेशनका लागि सर्वसम्मत रूपमा महाधिवेशन प्रतिनिधि छानेको छ ।    

शनिवार प्रतिनिधि छनोटको कार्य तालिका छ । तर गण्डकी प्रदेश कमिटीले आफ्नो भागमा पर्ने ५ जनाको नाम शुक्रवार नै टुङ्ग्याएको हो ।

खुलाबाट शोभियत ढकाल, माधव बास्तोला, लीला राना सर्वसम्मत रूपमा चयन हुनुभएको छ । महिलातर्फ गण्डकी प्रदेशसभा सदस्य पुष्पा केसी भण्डारी र कृष्णकुमारी श्रेष्ठलाई चयन गरिएको एमाले गण्डकीका कार्यालय सचिव गोविन्द नेपालीले जानकारी दिनुभयो। 

जिल्ला तहबाट प्रतिनिधि छनोट भने आजसम्म टुङ्गो लाग्ने जनाइएको छ ।

प्रकाशित मिति : २७ कार्तिक २०७८, शनिबार  ७ : ५५ बजे