सडक यातायात क्रमशः सहजतातर्फ

दोस्रो गेटबाट बार पदाधिकारी छक्याउँदै सर्वोच्च छिरे प्रधानन्यायाधीश

काठमाडौं । नेपाल बारको आन्दोलनका बीच प्रधानन्याधीस चोलेन्द्र शम्शेर जबरा सर्वोच्च अदालतभित्र प्रवेश गरेका छन् । कडा सुरक्षा घेराबीच दोस्रो गेटबाट राणा अदालतभित्र छिरेका हुन् ।

अहिले आन्दोलनरत कानुन व्यवसायीहरु सर्वोच्च अदालत अगाडिको मुख्य गेटमा भेला भएर धर्नामा बसेका छन् । सर्वोच्च अदालत प्रवेश गर्ने भित्री गेटहरु सबै बन्द भएपछि उनीहरुले बाहिरी गेटमा धर्ना दिएका हुन् । उनीहरुले प्रधानन्यायाधीश राजीनामा दे भन्दै नारा लगाएका छन् ।

प्रकाशित मिति : २६ कार्तिक २०७८, शुक्रबार  ११ : ०४ बजे