बाढीको स्थितिमा सुधार

प्रधानन्यायाधीशले पदमा बस्ने नैतिक आधार गुमाइसके : अध्यक्ष थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले पदमा बस्ने नैतिक आधार गुमाइसकेको बताउनुभएको छ। शुक्रबार सामाजिक सञ्जालमार्फत थापाले प्रधानन्यायाधीशले पदमा बस्ने नैतिक आधार गुमाएकोमा विवाद नभएको बताउनुभयो ।

उहाँले न्यायालयको प्रकरणले गणतन्त्र विरोधीहरुलाई पनि लाज लाग्न थालेको टिप्पणी गर्नुभयो। उहाँले भन्ुभयो,–‘कानुनको रक्षा गर्ने दायित्व बोकेकाबाट व्यक्तिको स्वतन्त्र आवागमन र कार्यालय प्रवेशमा रोक लगाउने खुला चेतावनी संविधान र कानुनी राज्यको खिलाफ भएनर ? 

‘प्रधानन्यायाधीशले पदमा बस्ने नैतिक आधार गुमाई सक्नु भयो, त्यसमा विवाद छैन। तर,व्यक्तिको स्वतन्त्र आवागमन र कार्यालय प्रवेशमा रोक लगाउने खुला चेतावनी संविधान र कानुनी राज्यको खिलाफ भएन ? त्यो पनि कानुनको रक्षा गर्ने दायित्व बोकेकाहरुबाट।’ उहाँले भन्नुभयो, ‘हामी जस्ता गणतन्त्र विरोधीहरुलाई पनि लाज लाग्न थालिसक्यो।’

प्रहरी हस्तक्षेपविरुद्ध नेपाल बार एसोसिएसनले शुक्रबार सर्वोच्च अदालतका सम्पूर्ण इजलास बहिष्कार गर्ने भएको छ। बारले आजदेखि प्रधानन्यायाधीश जबरालाई सर्वोच्च अदालत प्रवेशमा रोक लगाउने निर्णय गरेको थियो। 

प्रकाशित मिति : २६ कार्तिक २०७८, शुक्रबार  १० : ०९ बजे