सडक यातायात क्रमशः सहजतातर्फ

रेडियो नेपालमा स्थायी जागिर खुल्यो स् प्राविधिक सहायक, संवाददातादेखि इन्जिनियरलाई अवसर

काठमाडौं । रेडियो नेपाल अर्थात् रेडियो प्रसार सेवा विकास समितिले स्थायी पदपूर्तिका लागि विज्ञापन आह्वान गरेको छ । रेडियोले लोकसेवा आयोगको सहमतिमा शुक्रबार विज्ञापन आह्वान गरेको हो ।

जसअनुसार रेडियो नेपालले ३ जना इन्जिनियर, २ प्रशासकीय अधिकृत, २ लेखा अधिकृत माग गरेको छ । त्यस्तै, १–१ जना व्यापार अधिकृत, कार्यक्रम अधिकृत, गायनरवाद्य संयोजक, सम्पादक (नेपाली),  संवाददाता, प्रधान सहायक, लेखापाल र वरिष्ठ व्यापार सहायकका लागि पनि विज्ञापन आह्वान भएको छ ।

रेडियो नेपालले ७ जना वरिष्ठ प्राविधिक सहायक र २ वरिष्ठ कार्यक्रम सहायकका लागि विज्ञापन खुलेको छ । १र१ वाद्यवादक, समाचार वाचक ९नेपाली०, कार्यालय सहायक, सहायक लेखापाल र कार्यक्रम सहायकका लागि अवसर छ । रेडियो नेपालले १० जना प्राविधिक सहायक पनि माग गरेको छ । 

योग्यता पुगेका उम्मेदवारले २१ दिनभित्र आवेदन दिनसक्ने छन् ।

प्रकाशित मिति : २६ कार्तिक २०७८, शुक्रबार  ९ : ३७ बजे