‘एउटै नाउरको सिकार गर्न २३ लाख’

रोल्पा अस्पतालमा विशेषज्ञ सेवा सुरु 

रोल्पा । जिल्ला अस्पतालमा विशेषज्ञ चिकित्सक सेवा सुरुआत भएको छ । 

एमडिजिपी तहका चार जना चिकित्सकले अस्पतालमा आफ्नो सेवा सुरु गरेसँगै अन्यत्र बिरामी रिफर गर्नुपर्ने अवस्था अन्त्य भएको बताइएको छ । 

निकसाइमन्स इन्स्टिच्युटका सहयोगमा डा.रणबहादुर बोगटी सहित अन्य तीन चिकित्सकले सेवा सुरु गर्नुभएका अस्पतालका सूचना अधिकारी कुलबहादुर डाँगीले बताउनुभयो । 

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष फविन्द्र आचार्यले दक्ष चिकित्सकद्वारा सेवा सुरु भएसँगै यहाँका बिरामी अन्यत्र जानुपर्ने अवस्था अन्त्य हुने बताउनुभयो ।  डा.बोगटीले भन्नुभयो “दुर्गम जिल्लाका बिरामीको सेवा गर्न पाएकामा  म खुसी छु । ” रासस

प्रकाशित मिति : २६ कार्तिक २०७८, शुक्रबार  ८ : ०८ बजे