काठमाडौं । स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले कोरोना महामारीको समयमा सवैले सुरक्षाका मापदण्डलाई गम्भिरताका साथ पालना गर्न आग्रह गर्नुभएको छ । विगतमा कोरोनाको जोखिम बढ्दै गएपनि न्युनतम मापदण्डको पालना नगर्दा जोखिम बढदै गएको भन्दै कडाईका साथ पालना गर्न आग्रह गर्नुभएको हो । कोरोना संक्रमणबाट एकजनाको मृत्यु हुनुपनि राज्यका लागि अपूरणीय क्षति भएको बताउनुहुँदै उहाँले सरकार आफनो साधन स्रोतले भ्याएसम्म कोरोनाका बिरामीको उपचारमा केन्द्रित रहेको बताउनुभयो ।
स्वास्थय संरचनालाई प्रभावकारी बनाउन देशैभरका सरकारी अस्पतालमा कोरोनाका बिरामीका लागि विशेष संरचना तयार गरिएको उहाँले बताउनुभयो । त्यसैको फलस्वरुप अहिलेको ततकाल आवश्यकतालाई मध्यनजर गदै काठमाडौंको वीर अस्पतालको नयाँ भवनमा कोरोनाको मात्रै उपचार गर्ने निर्णय भएको बताउनुभयो । कोभिड महामारीबिरुद्धको लडाईमा केन्द्रित हुनका लागि वीरको नयाँ भवनलाई प्रयोग गरिने भएको छ उहाँले भन्नुभयो ।
कोरोनाका बिरामीलाई सहज उपचार होस भन्नका लागि जतिसक्दो भवनमा बेड अक्सिजनसहितको आइसियू, भेन्टिलेटर सहितको सुविधा दिइने मन्त्री त्रिपाठीको भनाइ थियो । ‘कोरोनाका बिरामीको अवस्था हेरेर अक्सिजन, भेन्टिलेटर, आइसियूको प्रयोग हुँदैछ’ मन्त्रीले भन्नुभयो । उहाँले देशैभरिको स्वास्थय अवस्थालाई मध्यनजर गदै एकिकृत स्वास्थ्य प्रणाली बनाएर काम गर्न लागिएको बताउनुभयो । सरकारको सम्पूर्ण ध्यान कोरोना नियन्त्रण र रोकथाममा नै केन्द्रित भएको बताउनुहुँदै मन्त्री त्रिपाठीले जुनसुकै बिरामीलाई बेडको अभाव हुन नदिने बताउनुभयो । संक्रमितका लागि बेड खाली हुन नपाउँने अवस्था भइसकेको बताउनुहुँदै उहाँले भन्नुभयो,–‘बेड खाली गदै कोरोनाको बिरामीको उपचार गरिरहेका छौ ।’
कोरोनाका बिरामी ९८ प्रतिशत घरमै होम आइसोलेसनमा छन् । ति बिरामीलाई पनि मध्यनजर गरेर सरकारले काम गरिरहेको मन्त्रि त्रिपाठीको भनाइ थियो ।
प्रकाशित मिति : २५ बैशाख २०७८, शनिबार १ : २८ बजे
प्रतिक्रिया