बाढीको स्थितिमा सुधार

विरोधका बाबजुत स्वास्थ्यमन्त्रीद्वारा उपकुलपतिमा डा. थापा नियुक्त

काठमाडौँ – स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. निरेश थापालाई निमित्त उपकुलपतिको जिम्मेवारी दिएका छन् । बिहीबार सहकुलपति स्तरको निर्णय गर्दै स्वास्थ्यमन्त्री खतिवडाले अर्को व्यवस्था नभएसम्म थापालाई आर्थिक तथा प्रशासनिक अधिकार प्रयोग गर्ने गरी नियुक्ति दिएका हुन् ।

स्वास्थ्यमन्त्री खतिवडाले २३ कात्तिकमा मन्त्रीस्तरीय निर्णय गरी उपकुलपति डा. मंगल रावललाई कामकाज रोक्न पत्र पठाएका थिए । गत २२ चैतमा उपकुलपतिमा नियुक्त डा. रावलको विषयमा प्रश्न उठेपछि कामकाजमा रोक लगाउन मन्त्री खतिवडाले निर्देशन दिएका थिए ।

स्वास्थ्यमन्त्री खतिवडाको उक्त निर्णयप्रति प्रतिष्ठानका ८८ जना चिकित्सक नर्स, स्वास्थ्यकर्मी र कर्मचारीले असन्तुष्टि जनाउँदै विज्ञप्ति जारी गरिसकेका छन् । उक्त निर्णय राजनीतिक दाउपेच रहेको भन्दै तत्काल नसच्चिए संघर्षका कार्यक्रमसहित अगाडि आउने विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : २५ कार्तिक २०७८, बिहिबार  १० : १९ बजे