काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (एमाले) को विद्यार्थी संगठन अनेरास्ववियुले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन गरेको छ ।
अनेरास्ववियुसम्बद्ध विद्यार्थीहरूले रत्नराज्य क्याम्पस अगाडि पेट्रोलियम पदार्थको मूल्यबृद्धि विरुद्ध प्रदर्शन गर्दै प्रधानमन्त्री देउवाको पुत्ला दहन गरेका हुन् ।
विद्यार्थीहरूले ‘नाफाघाटा जान्दैनौँ, मूल्यबृद्धि मान्दैनौँ, जनतामारा सरकार मुर्दावाद’ लगायतका नारा लगाएका थिए ।
प्रकाशित मिति : २५ कार्तिक २०७८, बिहिबार ६ : १९ बजे
प्रतिक्रिया