बाढीको स्थितिमा सुधार

मूल्य वृद्धि विरुद्ध अनेरास्ववियुको प्रदर्शन

काठमाडौं । एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुले पेट्रोलियम पदार्थको मूल्य वृद्धि विरुद्ध व्यापक प्रदर्शन गरेको छ । अनेरास्ववीयु उपत्यका बाग्मती प्रदेश विशेष कमिटीको आयोजनामा पेट्रोलियम पदार्थको मूल्य वृद्धि विरुद्धमा विरोध प्रदर्शन भएको  हो  ।

काठमाडौैंको प्रदर्शनी मार्ग स्थित आर आर क्याम्पस अगाडि विद्यार्थीहरूले विरोध प्रदर्शन गरेका हुन् ।
अनेरास्ववियुका वरिष्ठ उपाध्यक्ष आर सि लामिछाने, महासचिव समिक बडाल लगायत नेताहरूको उपस्थितिमा अनेरास्ववियुका कार्यकर्ताले विरोध जनाएका हुन् ।

प्रकाशित मिति : २५ कार्तिक २०७८, बिहिबार  ४ : ३२ बजे