बाढीको स्थितिमा सुधार

तीन प्रदेशका प्रदेश प्रमुखले लिए शपथ

काठमाडौँ — तीन प्रदेशका नवनियुक्त प्रदेश प्रमुखहरुले पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएको छ ।

नवनियुक्त प्रदेश १ का प्रमुख पर्शुराम खापुङ, कर्णालीका तिलक परियार र सुदूरपश्चिममा देवराज जोशीले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको उपस्थितिमा प्रदेश प्रमुख पदको शपथ लिनुभएको हो ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश १, कर्णाली र सुदूरपश्चिमका प्रदेशमा प्रदेश प्रमुख परिवर्तन गरेको थियो ।

प्रकाशित मिति : २५ कार्तिक २०७८, बिहिबार  ४ : २६ बजे