यस्तो छ आजको विनिमय दर

पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोधमा बुटवलमा विद्यार्थीको चक्काजाम

बुटवल । पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोधमा बुटवलमा विद्यार्थीहरूले चक्काजाम गरेका छन् ।

बुटवलको मुख्य सडक सिद्धार्थ राजमार्गको मिलन चोकमा विद्यार्थीहरूले प्रदर्शन गर्दै चक्काजाम गरेका हुन् ।

नेपाल आयल निगमले बुधवार रातिदेखि लागु हुने गरी इन्धनको मूल्य बढाएपछि विद्यार्थीहरू आज बिहानैदेखि सडकमा ओर्लिएका हुन् ।

अनेरास्ववियुको नेतृत्वमा विद्यार्थीहरूले इन्धनको मूल्यवृद्धिको विरोधमा आन्दोलन थालेका हुन् । मूल्यवृद्धि फिर्ता नभएसम्म आन्दोलनलाई जारी राखिने अनेरास्ववियु रुपन्देहीका सचिव प्रकाश पराजुलीले जानकारी दिनुभयो ।

सरकारले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ र खाना पकाउने एलपी ग्यासमा प्रति सिलिण्डर ७५ रुपैयाँ मूल्यवृद्धि गरेको थियो ।   

 

प्रकाशित मिति : २५ कार्तिक २०७८, बिहिबार  ११ : ५७ बजे