सडक यातायात क्रमशः सहजतातर्फ

फाल्गुनन्दका मार्गदर्शनलाई अनुसरण गर्न सकेमा राष्ट्रिय एकतालाई सुदृढ बनाउन सकिने राष्ट्रपतिको विश्वास

​​​​​​​काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले किराँत धर्मावलम्बीहरूका महागुरु फाल्गुनन्द लिङदेनको १३७औँ फाल्गुनन्द जयन्तीको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण किराँत धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइहरूमा शुभकामना व्यक्त गर्नुभएको छ । 

किराँत धर्म र संस्कृतिको पहिचान, संरक्षण र संवर्द्धनका लागि महत्त्वपूर्ण योगदान पुर्‍याउनुहुने राष्ट्रिय विभूति फाल्गुनन्द लिङदेनले समाज सुधारका लागि समेत खेलेको अहम् भूमिकाको कदर गर्दै पाँचथर, ताप्लेजुङ, तेह्रथुम, इलाम र झापा लगायतका पूर्वी नेपालका जिल्लाहरूमा विभिन्न कार्यक्रम आयोजना गरी उहाँको जन्म जयन्ती मनाउने गरिन्छ । 

राष्ट्रपति भण्डारीले सभ्य र सुसंस्कृत समाज निर्माणका अभियन्ता महागुरु फाल्गुनन्दका प्रेरणादायी उपदेश र मार्गदर्शनलाई अनुसरण गर्न सकेमा धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधता बीच आपसी सद्भाव र सहिष्णुता कायम गर्दै राष्ट्रिय एकतालाई सुदृढ एवम् सबल बनाउन सकिने विश्वास लिनुभएको छ ।

उहाँले फाल्गुनन्द जयन्तीले हामी सबैमा सहिष्णुता, सद्भाव, अहिंसा एवम् समाज सुधारको महान् अभियानमा लाग्ने प्रेरणा प्राप्त होस् भनी शुभकामना व्यक्त गर्नुभएको छ । 

 

 

 

प्रकाशित मिति : २५ कार्तिक २०७८, बिहिबार  ८ : ४७ बजे