यस्तो छ आजको विनिमय दर

 ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । काठमाडौँको ग्वार्कोमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ ।

ग्वार्को चोकमा आज बिहान ना६ख १९३३ नम्बरको ट्रकले बा३१ प ७५४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक काभ्रेका सोप्निल लामाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ  ।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएका लामालाई उपचारका लागि बी एण्ड बी अस्पताल लगिएको थियो । तर, उनलाई अस्पताल पुर्‍याए लगत्तै चिकित्सकले मृत घोषणा गरेको महानगरीय प्रहरी वृत्त सात दोबाटोले जनाएको छ ।

 

प्रकाशित मिति : २५ कार्तिक २०७८, बिहिबार  ८ : २७ बजे