दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

हिन्दू मन्दिर निर्माणमा रोक लगाउने निर्णयबाट पछि हट्यो पाक सरकार

इस्लामाबाद – अन्ततः पाकिस्तान सरकारले हिन्दू मन्दिर निर्माणमा रोक लगाउने निर्णय फिर्ता लिएको छ । चौतर्फी आलोचनापछि सरकारले राजधानी इस्लामाबादमा हिन्दू मन्दिर निर्माणमा रोक लगाउने निर्णयबाट पछि हटेको हो ।

यसअघि इस्लामाबादस्थित राजधानी विकास प्राधिकरण (सीडीए) ले राजधानीमा पहिलो हिन्दू मन्दिर निर्माणका लागि छुट्टाइएको जग्गा खारेज गरिदिएको थियो । सो निर्णयपछि प्राधिकरणको चौतर्फी विरोध भएको थियो । 

राजधानीमा पहिलो हिन्दू मन्दिर निर्माणका लागि सन् २०१६ मा सरकारले ० दशमलब ५ एकड भूमि छुट्टाएको थियो । 

एजेन्सी

प्रकाशित मिति : २४ कार्तिक २०७८, बुधबार  १ : ५३ बजे