सडक यातायात क्रमशः सहजतातर्फ

एमाले सचिवालय बैठक आज बस्दै

भारतीय राष्ट्रपतिले दिए शर्मालाई सेनाध्यक्षको पदवी

काठमाडौं । भारतका राष्ट्रपति रामनाथ कोविन्दले प्रधानसेनापति प्रभुराम शर्मालाई भारतीय स्थल सेनाध्यक्षको मानार्थ दर्ज्यानी प्रदान गर्नुभएको छ। भारतीय राष्ट्रपति कार्यालयमा बुधबार आयोजित विशेष समारोहमा राष्ट्रपति कोविन्दले प्रधानसेनापति शर्मालाई स्थल सेनाध्यक्षको मानार्थ दर्ज्यानी प्रदान गर्नुभएको हो।

प्रधानसेनापति शर्मा मंगलबार बिहान नेपाली सेनाको जहाजबाट भारतको राजधानी नयाँ दिल्ली जानुभएको थियो। नेपाल र भारतका सेना प्रमुखहरुलाई कदरस्वरुप एकअर्को मुलुकको मानार्थ महारथीको दर्जाबाट सम्मान गर्ने प्रचलन छ। नौ सदस्यीय प्रतिनिधिमण्डलका साथ प्रधानसेनापति शर्मा भारत भ्रमणमा हुनुहुन्छ ।

प्रकाशित मिति : २४ कार्तिक २०७८, बुधबार  १२ : ५८ बजे