काठमाडौं । चिनियाँ कम्पनी सिनोफार्मले बनाएको कोरोना विरुद्धको खोपलाई आपतकालीन प्रयोगमा ल्याउन विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले अनुमति दिएको छ ।
सरकारी स्वामित्वको चिनियाँ कम्पनी सिनोफार्मले उत्पादन गरेको खोप डब्लुएचओको अनुमति पाउने पश्चिमा देश भन्दा बाहिरको पहिलो खोप हो ।
यसअघि फाइजर, एस्ट्राजेनेका, जोन्सन एण्ड जोन्सन र मोडेर्ना खोपलाई डब्ल्यूएचओले अनुमति दिएको थियो ।
यो खोप यसअघि नै चीनसहित विश्वका करोडौं मानिसले लगाइसकेका छन्। सिनोफार्मको खोप १८ वर्ष माथिका लागि दुई मात्रा दिनु पर्ने उल्लेख छ । यसको प्रभावकारीता ७९ प्रतिशत रहेको उत्पादकले बताएको छ ।
प्रकाशित मिति : २५ बैशाख २०७८, शनिबार ७ : ५० बजे
प्रतिक्रिया