‘एउटै नाउरको सिकार गर्न २३ लाख’

शिक्षक अस्पतालका लागि जग्गा खोज्न समिति गठन

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षकहरूका लागि शिक्षक अस्पताल बनाउनका लागि उपयुक्त ठाउँ खोज्न डा विमल चालिसेको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ ।

मन्त्रालयका सचिव रामप्रसाद थपलियाका अनुसार समितिलाई दुई महिनाभित्र काठमाडौँ वा चितवनलगायत सहरको  उपयुक्त ठाउँमा जग्गा खोज्न कार्यविधि तोकिएको छ ।

यसैबीच शिक्षामन्त्री स्तरीय बैठकले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्अन्तर्गत कर्णाली प्रदेशस्तरीय कार्यालय भवन निर्माणका लागि जग्गा उपलब्ध गराउने निर्णय गरेको छ । 

त्यसका लागि लागि सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–५ मा जग्गाको  व्यवस्था गरिएको बताइएको छ  ।

प्रकाशित मिति : २३ कार्तिक २०७८, मंगलबार  १० : २२ बजे