मौसम : आज पानी पर्ने सम्भावना न्यून

काठमाडौं । नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको असर छैन । मङ्गलवार बिहान पहाडी भू-भागमा आंशिक बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

बुधवार दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशका भूभागमा आंशिकदेखि सामान्य बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।  तर, पछिल्लो २४ घण्टामा पानी पर्ने प्रणालीको विकास नभएको महाशाखाले जानकारी दिएको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान
​​​​​​​२०७८ कार्तिक २३ गते(मङ्गलवार)
दिउँसो :
प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

राती:  देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

२०७८ कार्तिक २४ गते (बुधवार) 
दिउँसो
:प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका भू-भागमा आंशिकदेखि सामान्य बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। 

राती: देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। 

२०७८ कार्तिक २५ गते (बिहीबार) 
दिउँसो :
देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। 

राती : देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। 

 

 

प्रकाशित मिति : २३ कार्तिक २०७८, मंगलबार  ७ : ०९ बजे