यस्तो छ आजको विनिमय दर

कृषिमन्त्रीले चासो नदिंदा नाकामा मल रोकियो

काठमाडौँ – चीनबाट ल्याउने भनिएको १० हजार मेट्रिक टन युरिया र पाँच हजार मेट्रिक टन डीएपी मल तातोपानी नाकामा डेढ महिनादेखि रोकिएको छ ।

डेढ महिनादेखि रोकिएको मल ल्याउन कृषि तथा पशुपन्छी विकास मन्त्रालयले चासो देखाएको छैन । चीनबाट आउने १५ हजार मेट्रिक टन मल तातोपानी नाकामा रोकिएको कृषि सामग्री कम्पनीका विभागीय प्रमुख राजेन्द्रबहादुर कार्कीले जानकारी दिए । तातोपानी नाकामा रोकिएका मल ल्याउन पटक पटक प्रयास गरे पनि असफल भएको उनको भनाइ छ । 

चीनले कोरोना जोखिमका कारण देखाएपछि मल भन्सारमा रोकिएको र सरकार सो नदिँदा मंसिरमा फेरि मलको हाहाकार हुने कृषि सामग्री कम्पनीले जनाएको छ । चीनले कोरोनाको महामारी देखाउँदै तातोपानी नाका अझै खोलेको छैन, जसका कारण भन्सारमा रोकिएको मल ल्याउन समस्या भएको कृषि सामग्री कम्पनीको भनाइ छ ।

प्रकाशित मिति : २२ कार्तिक २०७८, सोमबार  ८ : ५२ बजे