‘नेशनल डे कन्सर्ट’ सम्पन्न

माधव नेपालको बिकल्प : सच्चिने कि सक्किने ?

काठमाडौं, ८ चैत– नेपाल कम्युनिष्ट पार्टी एमालेले चैत ७ गते केही महत्वपुर्ण निर्णयहरु गरयो । पार्टी संसदीय दल र केन्द्रिय समितिको बैठकले पार्टी जीवन र सरकारको प्रभावकारीतासँग सम्बन्धीत ती महत्वपुर्ण निर्णयले एमालेलाई थप गतिशिल बनाउने लक्ष्य लिएको छ । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा भएका दुबै बैठकले पार्टी बिरोधी गतिविधिको नेतृत्वगर्ने माधव नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भूषाललाई  स्पष्टीकरण सोध्ने निर्णय गरयो । त्यस्तै, एमालेको १० औं महाधिवेशन मंसिरमा सम्पन्न गर्ने निर्णय पनि गरयो । पार्टीलाई थप प्रभावकारी बनाउन संसदीय बोर्डको गठन यसअघि नै भएको थियो, विधान संसोधन पनि गरयो । 

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँगको परामर्शमा एमालेलाई कमजोर पार्ने प्रयासहरु लाई पार्टी नेतृत्व र कार्यकर्ताले कुनैपनि अर्थमा स्वीकार गर्न सक्दैनन् । ओली नवौं महाधिवेशनबाट निर्वाचित अध्यक्ष हुनुहुन्छ भने जनताद्धारा पाँच वर्षका लागि निर्वाचित प्रधानमन्त्री हुनुहुन्छ । निहित सत्ता स्वार्थका लागि प्रचण्डका सारथीका रुपमा देखापर्नु भएका माधव नेपालले एमाले ब्युतिएपछि पनि पार्टी बिरोधी समानान्तर गतिविधि जसरी गरिरहनुभएको छ ती उहाँलाई कारवाहिका लागि पर्याप्त छन् । शनिबारको बैठकले उहाँ सहितका चारजना नेतालाई एमाले बिरुद्धका गतिविधि गरेकोमा स्पष्टीकरण सोध्ने निर्णय ग¥यो । एमालेभित्रै बसेर पार्टी सिध्याउने र अरु पार्टीको सेवागर्ने कार्य कुनैपनि हालतमा क्षम्य हुन सक्दैन । पार्टी बिरोधी गतिविधि गरिरहने तर फेरि एमालेमै बसिरहने, अझ प्रधानमन्त्री र अध्यक्ष ओलीको बिरोध गरिरहने प्रविति कारवाहि योग्य छन् । स्पष्टीकरण सोध्ने निर्णयले पार्टी नेतृत्व, गुट चलाउने र त्यो गुटमार्फत पार्टीकै भविष्य सिध्याउने खालका हर्कतलाई नसहने निर्णयमा पुगेको देखिन्छ, जुन उचित छ ।
 
माधव नेपाल र भीम रावलहरुले बुझनु पर्ने कुरा, एमालेमा बसेर एमालेले लिएकै नीति र सिद्धान्त बिपरित पराईको सेवा गर्ने दिन अब सकिए । नेकपा भित्र रहेर तीनबर्ष जसरी ओली बिरोधी राजनीति र मोर्चाबन्दी उहाँहरुले गर्नुभयो, त्यो अब विगतमात्रै हो । प्रचण्डको निर्देशनमा र प्रचण्डको साथ लागेर ओलीलाई लखेट्ने र पार्टी कब्जा गर्ने प्रयास असफल भएको मात्रै होइन् त्यस्ता प्रयास दण्डित हुनुपर्ने हो । र अब एमाले पुर्नस्थापित भएपछि नेकपाभित्र रहेका त्यस्ता प्रवृतिको कुनै स्थान एमालेमा हुनुहुँदैन । त्यसैले पार्टीले सोधेको स्पष्टीकरणको प्रष्ट जवाफ दिने, पार्टी बिरुद्ध गरेका गतिविधिको महशुस गर्ने र आईन्दा त्यस्ता कुनैपनि क्रियाकलाप नगर्ने प्रतिबद्धता सहित उहाँहरु एमालेमा रहनुपर्छ । उहाँहरुले बुझनुपर्छ यो स्पष्टीकरण सुध्रिएर एमालेमा फर्कने एउटा अवसर हो अझैपनि पार्टी र नेतृत्वविरुद्ध गलत क्रियाकलाप गरिरहने हो भने उहाँहरु एमाले रहन सक्नुहुन्न । जसको संकेत स्पष्टीकरणबाट आरम्भ भएको कारबाहि नै हो । 

प्रधानमन्त्री ओलीको नेतृत्वमा मुलुक विकास र समृद्धितर्फ अघि बढेको यथार्थ सवैका सामु छर्लङ्ग छ । र त्यो स्वार्थलाई केन्द्रमा राखेर ओलीले ठुला ठुला विकासका परियोजना मार्फत विकास र समृद्धिको अभियान अघि बढाइरहनुभएको छ । तर प्रचण्ड र माधव नेपालहरुले कहिल्यै पनि ती सकारात्मक कामहरु देख्नुभएन । ओलीले नेकपा अध्यक्षको रुपमा होस वा एमाले अध्यक्षको रुपमा होस पार्टीको छवि थप उजिल्याउनु भएको छ । र एमाले भएर पश्चाताप गर्नुपर्ने कुनै अवस्था नेता र कार्यकर्तामा छैन । त्यसैले दशकौं लामो राजनीतिक जीवनको उत्तराद्र्धमा कलंकीत हुने कुनैपनि कदम उहाँहरुले चाल्नुहुन्न भन्ने विश्वास अझै पनि नेतृत्वले राखेको देखिन्छ । त्यस विपरित एमालेकै नाममा एमालेमै बसेर एमाले सिध्याउन खोज्ने हो भने थप गम्भिर कारवाही भोग्न जो कोही तयार हुनुपर्छ ।

प्रकाशित मिति : ८ चैत्र २०७७, आइतबार  ७ : ३७ बजे