साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

कोरोनाविरुद्धको खोप छिटो उपलब्ध गराइदिन राष्ट्रसंघलाई नेपालको आग्रह

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेपालले कोभ्याक्स सुविधाअन्तर्गत पाउने कोभिड–१९ विरुद्धको खोप सक्दो छिटो उपलब्ध गराइदिन संयुक्त राष्ट्र संघलाई अनुरोध गर्नुभएको छ  ।

नेपालस्थित राष्ट्रसंघीय आवासीय संयोजक सारा बेस्लो न्यान्तीसँग आज टेलिफोन संवाद गर्नुहुँदै उपप्रधानमन्त्री पोखरेलले विश्व स्वास्थ्य संगठनबाट पाइने कोभ्याक्सअन्तर्गतको खोप जति सक्दो छिटो नेपाल ल्याउनका लागि सहजीकरण गरिदिन आग्रह गर्नुभएको हो ।

‘भाइरसको फैलावट रोक्ने एउटै मात्र उपाय भनेको खोप हो, त्यसकारण नेपालले कोभ्याक्सअन्तर्गत प्राप्त गर्ने खोपमा संयुक्त राष्ट्र संघको सहजीकरणको अपेक्षा गरेको छ ’, उपप्रधानमन्त्री पोखरेलले आग्रह गर्नुभयो , ‘यसका साथै भेन्लिटेलर, पिपिई, अक्सिजन सिलिण्डर, अक्सिजन कन्सेन्ट्रेटर, मोबाइल अक्सिजन प्लान्ट, औषधि, खोप र खोपसँग सम्बन्धित सामग्री, अस्थायी अस्पताल स्थापनाका लागि आवश्यक पूर्वाधार र आवश्यक विज्ञ जनशक्तिलगायत विषयमा नेपाल सहयोग चाहन्छ ।’

नेपालीलाई खोप सुविधा उपलब्ध गराउन नेपाल सरकारले कूटनीतिक पहल गरिरहेको उपप्रधानमन्त्री पोखरेलले जानकारी दिनुभयो  । उपप्रधानमन्त्री पोखरेलले भन्नुभयो, ‘कोरोनाविरुद्धको खोप विश्वकै नागरिकको सार्वजनिक चासोको वस्तु हो भन्ने हामी विश्वास गर्छौं, खोप कुन देशको हो भन्ने कुराले मानवीय ऐक्यबद्धतालाई असर गर्नुहुँदैन ।’ जवाफमा संयोजक न्यान्तीले आफ्नातर्फबाट खोप ल्याउन सक्दो सहयोग गरिने प्रतिबद्धता जनाउनुभयो  ।

उहाँले सहयोगका लागि आवश्यक छलफल गर्न छिट्टै उपप्रधानमन्त्री पोखरेललाई भेट्ने चाहना पनि व्यक्त गरेको उपप्रधानमन्त्रीका प्रेस संयोजक गणेश पाण्डेले जानकारी दिनुभयो।

कोभ्याक्सअन्तर्गत नेपालले २० प्रतिशत जनसंख्यालाई पुग्ने कोभिशिल्ड खोप पाउनुपर्नेमा अहिलेसम्म तीन लाख ४८ हजार मात्र मात्र प्राप्त गरेको छ । नेपाल सरकारले खरीद गरेको २० लाखमध्ये १० लाख मात्रा नेपाल आइसकेको तथा बाँकी १० लाख मात्र अझै आउन बाँकी छ । यसैगरी भारत सरकारबाट १० लाख, भारतीय सेनामार्फत नेपाली सेनालाई एक लाख र चीनबाट आठ लाख मात्रा खोप नेपालले प्राप्त गरेको छ ।

प्रकाशित मिति : २४ बैशाख २०७८, शुक्रबार  ६ : ५३ बजे