यस्तो छ आजको विनिमय दर

न्यायाधीश र बारको आन्दोलनबीच प्रधानन्यायाधीशद्वारा ६ वटा इजलास गठन 

काठमाडौँ । न्यायाधीश र नेपाल बार एसोसिएसनले आन्दोलन जारी राखेका बेला प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आजका लागि ६ वटा इजलास गठन गर्नुभएको छ  । ६ वटा इजलासमा बन्दी प्रत्यक्षीकरण सात वटा मुद्दा सुनुवाइका लागि पेसी चढाइएको छ । 

आज विश्वम्भर श्रेष्ठ, नहकुल सुवेदी, वमकुमार श्रेष्ठ, तेजवहादुर केसी, कुमार चुँडाल, मनोज शर्मा लगायतका न्यायाधीशको इजलासमा मात्र बन्दी प्रत्यक्षीकरणका मुद्दा राखिएको छ ।

प्रधानन्यायाधीश जबराले कार्यपालिकामा भाग खोजेको, न्यायिक सुधार गर्न नसकेको लगायतका आरोप लगाउँदै सर्वोच्च अदालतका १९ जना न्यायाधीश र नेपाल बार एसोसिएसनले आन्दोलन गरिरहेका छन् । 

न्यायाधीशहरू बन्दी प्रत्यक्षीकरण बाहेक मुद्दा नहेरेर प्रधानन्यायाधीश  जबरालाई राजीनामा दिन दबाब दिइरहेका छन् ।न्यायाधीशहरूले आज र पनि आन्दोलन जारी राखेका छन् । 

 

प्रकाशित मिति : २२ कार्तिक २०७८, सोमबार  ११ : २० बजे