यस्तो छ आजको विनिमय दर

मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

काठमाडौँ । राजधानी काठमाडौँमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । 

गोकर्णेश्वर नगरपालिका–१, सुन्दरीजलमा बा९०प ४५६ नम्बरको मोटरसाइकल आइतबार राति दुर्घटना हुँदा चालक स्वछन्द पुडासैनीको मृत्यु भएको प्रहरीले जनाएको छ । 

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

मोटरसाइकल अनियन्त्रित भई पिपलको रुखमा ठोकिएको महानगरीय प्रहरी प्रभाग सुन्दरीजलले जानकारी दिएको छ ।

प्रकाशित मिति : २२ कार्तिक २०७८, सोमबार  ९ : ३२ बजे