राजमार्गमा दृष्य एक, पीडा अनेक

मिथिलाञ्चल क्षेत्रमा छठ पर्वको तयारी तीव्र

जनकपुरधाम – मिथिलाञ्चल क्षेत्रमा हर्षोल्लासका साथ मनाइने छठपर्वको तयारी सुरु भएको छ । कात्तिक महिनाको शुक्लपक्षमा मनाइने छठ पर्वको लागि अहिले श्रद्धालुभक्तजनहरूले  पोखरी, नदी तथा विभिन्न जलायशहरु  सजाउने काम धामधम गरिरहेका छन् । युवा क्लव तथा अन्य संस्थाहरूले छठ पर्वको अवसरमा जनकपुरका विभन्न पोखरी तथा सरोवरहरूलाई दुल्हीझैँ सिंगारिएको छ ।

जनकपुरका गंगासागर, धनुष सागर, अग्नीकुण्ड ,अङगराजसर, दशरत तलाउ सहितका पोखरीहरूको डिलमा छठ पूजाका लागि सजाउने कार्य भइरहेकाे छ । 

गंगा सागर छठ पुजा समितिका अध्यक्ष अशोक लाल दासले गंगा सागरको डिलमा छठको लागि घाट निर्माण कार्य तीव्र गतिमा भइरहेको बताए । पोखरीको चारै डिलमा करिव चार हजारभन्दा बढी व्यक्ति एक साथ छठ पर्व मनाउने गरेको उनले बताए । 

छठ पूजाका लागि जनकपुरका व्रतालुहरू राति पूजा स्थानमै बस्छन् भने ग्रामिण क्षेत्रमा अधिकाश व्रतालु साँझ घर फर्कछन् र भोलि बिहानै घाटमा आएर उदाउँदो सूर्यलाई अर्घ्य दिने गरिन्छ ।

छठ पर्व  मनाउँदा  चर्म रोग, पुत्रलाभ,आर्थिक समवृद्धि तथा सुख शान्ति प्राप्त हुने जनविशवास रहेको छ । चार दिनसम्म मनाइने यो पर्वको पहिलो दिन सोमवार नुहाई खाई, दोस्रो दिन अर्थात मंगलवार खरना, तेस्रो दिन बुधवार अस्ताउँदै गरेको सूर्य र अन्तिम दिन बिहीबार उदाँउदै गरेको सूर्यलाई अर्घ्य दिई यो पर्व समापन गरिन्छ । 

छठ पर्वमा तीन करोडको केरा खपत 

छैठ पर्वमा अन्य समग्रीभन्दा केराको कारोवार बढी हुने गर्छन् । फलफूल व्यवसायी संघ जनकपुरले छठ पर्वलाई मात्र लक्ष्ति गरि ४५ ट्रक केरा, ११ ट्रक स्याउ, चार ट्रक अनार र चार ट्रक सन्तुला ल्याएको जनाएको छ ।

धनुषा, महोत्तरी र सिरहा गरि तीन जिल्लाका उपभोक्ताले छठमा जनकपुरबाटै केरा लगायतका समाग्री खरिद गर्ने गर्छन् । फलफुल व्यवसायी संघ जनकपुरका  रुदलप्रसाद साहले केरा दुई करोड ५० लाख, स्याउ ८० लाख, अनार ६० लाख र सन्तुला २० लाखको कारोबार हुने अनुमान गरिएको बताए । 

सुरक्षा व्यवस्था कडा बनाउँदै प्रहरी 

चाडपर्वलाई मध्यनजर गर्दै प्रदेश २ प्रहरी कार्यालयले प्रदेश सुरक्षा व्यवस्थालाई कडा पारेको छ । विगतका वर्षहरूमा जनकपुरमा चाडपर्वकै अवसरमा अप्रिय घटना भएकोले त्यस्ता घटना हुन नदिन आफू सर्तक रहेको प्रदेश प्रहरी प्रमुख डीआईजी उमेश रंजितकारले बताए ।

-हदीस खुद्दार

प्रकाशित मिति : २१ कार्तिक २०७८, आइतबार  ५ : ५० बजे