राजमार्गमा दृष्य एक, पीडा अनेक

थप १४३ जनामा कोरोना संक्रमण पुष्टि, ९ को मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट २ हजार ३३३ जनामा परिक्षण गर्दा १४३ जनामा कोरोना संक्रमण देखिएको हो ।  यस्तै, आज थप ५६३ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ७१३ जना रहेको छ ।

पछिल्लो २४ घण्टामा संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ११ हजार ४४८     पुगेको छ ।

प्रकाशित मिति : २१ कार्तिक २०७८, आइतबार  ४ : २७ बजे