दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

थप ९ हजार १९६ जनामा कोरोना संक्रमण पुष्टि, ५० जनाको मृत्यु

काठमाडौं  –  नेपालमा आज थप ९ हजार १९६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

 स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १९ हजार ९ सय ८७ जनाको पिसिआर परीक्षण गर्दा ९ हजार ३२ र ४ सय ९५ जनाको एन्टिजेन परीक्षण गर्दा १ सय ७३ जना गरी ९ हजार १ सय ९६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

मन्त्रालय अनुसार देशभरमा पछिल्लो २४ घण्टामा २ हजार ९ सय ५ जना संक्रमित निको भएका छन् । हालसम्म २ लाख ९५ हजार ३९५ जना संक्रमित निको भएर डिस्चार्ज भइसकेका छन् ।  नेपालमा  सक्रिय संक्रमितहरुको संख्या ७८ हजार ६ सय २९ जना छन् ।

त्यस्तै आज थप ५० जनाको कोरोना संक्रमणका कारण निधन भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ५२९ पुगेको छ ।

प्रकाशित मिति : २४ बैशाख २०७८, शुक्रबार  ५ : २२ बजे