साफ यू–१७ च्याम्पियनसिप आजदेखि

आइसिसी टी-२० विश्वकप : दक्षिण अफ्रिका बाहिरियो, अस्ट्रेलिया सेमिफाइनलमा

काठमाडौं ।  दक्षिण अफ्रिकाले इंग्ल्याण्डलाई पराजित गरे पनिअष्ट्रेलिया आइसिसी टी-२० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

शनिबार भएको दोस्रो खेलमा अष्ट्रेलिया सुपर-१२ को समूह-१ मा दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा स्थान बनाएको हो ।

दक्षिण अफ्रिकाले प्रस्तुत गरेको  १९० रनको लक्ष्य इंग्ल्यान्डले १५ ओभर ३ बलमा ३ विकेट गुमाउँदै १४३ रनमा समेटियो ।

दक्षिण अफ्रिकाले शीर्ष दुईमा रहेर सेमिफाइनल खेल्न इंग्ल्यान्डलाई १ सय ३१ भन्दा कम रनमा अल आउट वा रोक्नुपर्ने हुन्थ्यो । त्यसो नभएपछि अष्ट्रेलिया सेमिफाइनलमा पुग्ने निश्चित भएको हो ।

शनिबार नै भएको पहिलो  खेलमा अष्ट्रेलियाले वेस्टइन्डिजलाई ८ विकेटले पराजित गरेको थियो । समूह-१ को विजेत इंग्ल्यान्ड बनि सकेको छ ।

अष्ट्रेलिया दोस्रो स्थानमा रह्यो । 

प्रकाशित मिति : २१ कार्तिक २०७८, आइतबार  ७ : २२ बजे