दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

किमजोङउनबाद लाद्ने तयारीमा उत्तर कोरिया

प्योङयाङ – अग्रजहरुको प्रभाव कम गर्न र दबदबा अझै बढाउन उत्तर कोरियाली नेता किम जोङ उनले किमजोङउनबाद लाद्ने तयारी गरेका छन् । यसका लागि उनले सरकारी अधिकारीहरुलाई कडा निर्देशन दिइसकेका छन् । 

३७ वर्षीय किमले देशका संस्थापक किम इल सङ र अग्रज किम जोङ इलको तस्विरलाई प्योङयाङका मुख्य भवनहरुबाट हटाउन थालेका छन् । सरकारी वृत्तमा किमजोङउनबादलाई प्रबद्र्धन गरिएको र किमले स्वंयमलाई  महान नेता घोषणा गरेको दक्षिण कोरियाको गुप्तचर निकायले जनाएको छ । यसअघि उनका हजुरबुबा किम इल सुङलाई कोरियामा महान नेता भनिन्थ्यो ।

किम नाम र शक्तिका लागि ‘भोका’ देखिएको पनि दक्षिण कोरियाली सञ्चार माध्यमहरुले टिप्पणी गरेका छन् । तर, किमको पछिल्लो तयारीलाई उत्तर कोरियाको बिरासत कमजोर बनाउने षडयन्त्र भएको विज्ञहरुले टिप्पणी गरेका छन् । 

एजेन्सी

प्रकाशित मिति : २० कार्तिक २०७८, शनिबार  ५ : ०६ बजे