पूर्व राजा ज्ञानेन्द्र शाहले आफ्नी बहिनीको हातबाट तिहारको टीका लगाउनुभयो

काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहले आफ्नी बहिनीको हातबाट तिहारको टीका लगाउनुभएको छ ।

उहाँले बहिनी शोभाराज्यलक्ष्मी शाहको हातबाट टीका र प्रसाद ग्रहण गर्नुभएको हो । शाहले भाइटीकाको शुभसाइत ११ बजेर २ मिनेटमा  लगाउन कमलादीस्थित बहिनी शोभाको घर पुग्नुभएको थियो ।

प्रकाशित मिति : २० कार्तिक २०७८, शनिबार  २ : ४८ बजे