भाई डेगेन्द्र पाण्डेलाई शुभ साइतमा राष्ट्रपति भण्डारीले लगाउनुभयो भाइटीका

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले  विहान ११ बजेर २ मिनेटको शुभ साइतमा कान्छा भाई डेगेन्द्र पाण्डेलाई सप्तरङ्गी टीका लगाइदिनुभएको छ। 

महाराजगञ्जस्थित राष्ट्रपति निवासमा भएको भाईटीका कार्यक्रममा राष्ट्रपति भण्डारीले टीका लगाउनु भएको हो । राष्ट्रपति भण्डारीका दुई भाई तेजेन्द्र पाण्डे र टेकेन्द्र पाण्डे विदेशमा हुनुहुन्छ । राष्ट्रपति भण्डारीकी बहिनी सुशिला पाण्डे र उहाँले भाई डेगेन्द्रलाई भाईटीका लगाउनुभएको हो ।

यस्तै‚ राष्ट्रपति भण्डारीले भाई डेगेन्द्रको हातबाट भाईटीका ग्रहण गर्नुभयो । आज भाइटीकाको उत्तम साइत ११ बजेर २ मिनेटमा भनिए पनि आज दिनभर नै भाइटीका लगाउन सकिनेछ।

आज दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै टीका लगाइदिन्छन्। प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन भाइटीका लगाउने प्रचलन छ।

 

प्रकाशित मिति : २० कार्तिक २०७८, शनिबार  १२ : २० बजे