काठमाडौं – ललितपुरको मंगलबजारमा शुक्रबार ग्यास सिलिन्डर विस्फोट हुँदा चार जनाको ज्यान गएको छ । विस्फोटमा परी अन्य दुई जना घाइते भएका छन् ।
मंगलबजारस्थित प्रहरी प्रभागका इन्चार्ज प्रहरी निरीक्षक रामकृष्ण श्रेष्ठले ग्यास सिलिन्डर विस्फोट हुँदा स्थानीय लक्ष्मीकृष्ण ताम्राकार, अञ्जना ताम्राकार, रत्ना ताम्राकार र उनका छोराको मृत्यु भएको बताएका छन् ।
घटनामा थप दुई घाइतेका भएका छन् । घाइतेको पहिचान हुनसकेको छैन । घटनाको थप विवरण आउन बाँकी छ ।
प्रकाशित मिति : १९ कार्तिक २०७८, शुक्रबार ९ : ०९ बजे
प्रतिक्रिया