पार्टीको महाधिवेशन मेरो हातमा छैन : प्रधानमन्त्री देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको १४ औं महाधिवेशन आफ्नो हातमा नभएकाले बताउनुभएको छ ।

शुक्रबार भक्तपुरमा आयोजित तिहार, नेपाल संवत र छठ पर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा प्रधानमन्त्री देउवाले अधिवेशन समयमा हुने भएपनि अधिवेशन पार्टी सभापतिको हातमा नभइ निर्वाचन समितिको हातमा रहेको बताउनुभयो ।

अधिवेशन आफूले चाहेर पनि नहुने र आफूले भनेर पनि नहुने भन्दै उहाँले निर्वाचन समितिले कांग्रेसको पार्टी महाधिवेशन समयमै गराउने बताउनुभयो । 

प्रकाशित मिति : १९ कार्तिक २०७८, शुक्रबार  ३ : ०७ बजे