रत्नराज्यलक्ष्मीमा स्नातकोत्तर तहमा नेपालभाषाको पढाइ हुने

काठमाडौं । प्रदर्शनी मार्गस्थित रत्नराज्यलक्ष्मी (आरआर) क्याम्पसमा स्नातकोत्तर तहमा नेपालभाषाको पढाइ हुनेभएको छ।

नेवाः विद्यार्थी युनियनको सक्रियतामा काठमाडौं महानगरपालिका र रत्न राज्यलक्ष्मी क्याम्पसबीच सहकार्य भएपछि शैक्षिक वर्ष २०७८र७९ स्नातकोत्तर तहको प्रथम सेमेस्टरको भर्ना खुलेको छ। काठमाडौं महानगरले नेपालभाषा अध्यापनका लागि रत्नराज्यलक्ष्मी क्याम्पसलाई वार्षिक १५ लाख उपलब्ध गराउने जनाएकोछ । 

प्रकाशित मिति : १९ कार्तिक २०७८, शुक्रबार  १ : १६ बजे