सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

जुवा खालबाट वडा अध्यक्षसहित ५ जना पक्राउ

सुर्खेत –  रुकुमपश्चिममा वडा अध्यक्षसहित ५ जना प्रहरीले पक्राउ गरेको छ । जुवा खेलिरहेको अवस्थामा मुसीकोट नगरपालिका वडा नं.१३ का वडाध्यक्ष ४० वर्षीय दिपक केसीसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको हो । 

मुसीकोट नगरपालिका मठस्थित उत्तम खड्काको घरमा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । यस्तै, सोही ठाउँका ४३ वर्षीय उत्तम खड्का (घरधनी) ३४ वर्षीय कमल वुढा , ३१ वर्षीय राजाराम वली र ३३ वर्षीय युगल पुन पक्राउ परेका हुन्  । प्रहरीले उनीहरुबाट एक लाख आठ हजार दुई सय ९०  रुपैयाँ बरामत गरेको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०७८, शुक्रबार  १२ : ३९ बजे