काठमाडौं । मुलुकका हिमाली क्षेत्रमा आज हिमपातको सम्भावना छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १, बागमती र गण्डकीमा बदली रहनेछ । प्रदेश १ र गण्डकी प्रदेशका हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
राति सामान्य बदलीको आँकलन गरिएको छ ।
शनिबार प्रदेश १, २, बागमती र गण्डकीमा आंशिकदेखि सामान्य बदली तथा अन्य प्रदेशमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ का एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
२०७८ कार्तिक १९ गते (शुक्रबार)
दिउँसो : प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली तथा अन्य प्रदेशहरुमा आंशिक बदली रहने छ।
प्रदेश नं १ र गण्डकी प्रदेशका हिमाली भू-भागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।
रातीः देशका प्रदेश नं १, प्रदेश नं २ र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने तथा अन्य भू-भागमा आंशिक बदली रहने छ ।
प्रदेश नं १ र गण्डकी प्रदेशका हिमाली भू-भागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।
२०७८ कार्तिक २० गते (शनिबार)
दिउँसो : देशका प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा अन्य प्रदेशहरुमा मौसम सामान्यतया सफा रहने छ।
प्रदेश नं १ का एक वा दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै प्रदेश नं १ र गण्डकी प्रदेशका हिमाली भू-भागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।
राती : देशभर आंशिक बदली रहने छ । गण्डकी प्रदेशका हिमाली भू-भागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।
२०७८ कार्तिक २१ गते (आइतबार)
दिउँसो : देशका प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा अन्य प्रदेशहरुमा आंशिक बदली रहने छ।
प्रदेश नं १ र गण्डकी प्रदेशका एक वा दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै प्रदेश नं १ र गण्डकी प्रदेशका हिमाली भू-भागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।
राती : देशका प्रदेश नं १, बागमती प्रदेश र लुम्विनी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा अन्य प्रदेशहरुमा आंशिक बदली रहने छ ।
प्रदेश नं १ र गण्डकी प्रदेशका हिमाली भू-भागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।
प्रकाशित मिति : १९ कार्तिक २०७८, शुक्रबार ७ : ०७ बजे
प्रतिक्रिया