‘एउटै नाउरको सिकार गर्न २३ लाख’

चारमन्त्रीलाई कोरोना संक्रमण देखिएसँगै प्रधानमन्त्रीको पनि गरियो कोरोना परीक्षण

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको कोरोना परीक्षणको लागि थ्रोट स्वाब नमूना संकलन गरिएको छ । बालुवाटारमा प्रधानमन्त्री ओलीसँगै स्वकीय र निजी सचिवालय, सुरक्षा निकाय र चालकहरूसहित १०० जनाभन्दा बढीको स्वाब संकलन गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले बताउनुभयो ।

प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि वैशाख २७ गते संसद बैठक डाकिएकाले यसअघि नै प्रतिनिधिसभा सांसदहरूको समेत कोरोना परीक्षण गरिसकिएको छ । हाल सरकारका चार मन्त्री कोरोनाबाट संक्रमित भएर घरमै आइसोलेनमा बसिरहेका छन् ।  संस्कृति पर्यटनमन्त्री भानुभक्त ढकाल, खानेपानी मन्त्री मणि थापा, उर्जा मन्त्री टोप बहादुर रायमाझी र महिला बालबालिका मन्त्री जुली कुमारी महत्तो कोरोना संक्रमित भएका छन् । 

प्रकाशित मिति : २४ बैशाख २०७८, शुक्रबार  ३ : ३५ बजे