‘एउटै नाउरको सिकार गर्न २३ लाख’

सोध छात्रवृत्तिका लागि फाउण्डेशन र त्रिवि केन्द्रीय विभाग बीच संझौैता सम्पन्न

काठमाडौँ । मदन भण्डारी फाउण्डेशन र त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीति विभाग बीच जननेता मदन भण्डारीद्वारा प्रतिपादित सिद्धान्त जनताको बहुदलीय जनवादलाई अनुसन्धान मार्फत प्रवर्द्धन गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

सम्झौता अनुसार एमए, एमफिल र पिएचडीमा अध्ययनरत विद्यार्थीहरूलाई मदन भण्डारी फाउण्डेशनले अध्ययन, अनुसन्धान र सोधका लागि छात्रवृत्ति प्रदान  गर्नेछ भने बिश्वबिद्यालयको अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीति विभागले जनताको बहुदलीय जनावादको आलोकमा गरिने सोध कार्यका लागि विद्यार्थी छनोट लगायत अनुसन्धानका आवश्यक प्राज्ञिक विषयमा काम गर्नेछ । उक्त सम्झौता पत्रमा मदन भण्डारी फाउण्डेशनकी अध्यक्ष उषा किरण भण्डारी र त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय सम्बन्ध विभागको संयोजक प्रेमराज खनाल बीच बुधवार हस्ताक्षर भएको हो ।

हस्ताक्षर कार्यक्रममा प्रा.डा. खड्ग केसी, फाउन्डेसनका सचिव पेम्बा लामा, सचिवालय सदस्य सुशील प्याकुरेल, प्राडा धुर्व कार्की लगायतको उपस्थिति रहेको थियो ।

यस अघि पनि फाउण्डेशन र त्रिभुवन विश्वविद्यालय राजनीति शास्त्र केन्द्रीय विभाग, इतिहास केन्द्रीय विभाग,मानव शास्त्र केन्द्रीय विभाग, अर्थशास्त्र केन्द्रीय विभाग , समाज शास्त्र केन्द्रीय विभाग, जल तथा मौसम केन्द्रीय विभाग, आमसञ्चार तथा पत्रकारिता केन्द्रीय विभाग तथा श्रम अध्ययन कार्यक्रम बिच यस्तै सम्झौता र हस्ताक्षर भईसकेको छ ।

प्रकाशित मिति : १७ कार्तिक २०७८, बुधबार  ६ : ३९ बजे