थप ४४७ जनामा कोरोना संक्रमण पुष्टि, ७ को मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ४४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट ९ हजार ९१३ जनामा परिक्षण गर्दा ४४७ जनामा कोरोना संक्रमण देखिएको हो ।   यस्तै, आज थप ४३९ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ९ हजार १२३ जना रहेको छ ।

पछिल्लो २४ घण्टामा संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ११ हजार ४३४   पुगेको छ ।

प्रकाशित मिति : १७ कार्तिक २०७८, बुधबार  ५ : ०१ बजे