साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

यी हुन् सहकारी ठगीमा फरार २९ जना

‘नो टाइम टु डाई’ ले बेलायतमा बनायो रेकर्ड 

काठमाडौं – ड्यानियल क्रेग अभिनित जेम्स बोन्ड सिरिजको २५औँ फिल्म ‘नो टाइम टु डाई’ले बेलायतमा सर्वाधिक कमाउने फिल्मको सूचीमा आफूलाई ५औँ स्थानमा पारेको छ ।

आठ करोड ५० लाख अमेरिकी डलरभन्दा बढी कमाइ बेलायतमा मात्र गरेपछि 'नो टाइम टु डाई' बेलायतमा सर्वाधिक कमाउने फिल्मको सूचीमा पर्न सफल भएको हो । जेम्स बोन्डकै अघिल्ला सिरिजहरू स्काइफल र स्पेक्ट्रसँगै पछिल्लो फिल्म 'नो टाइम टु डाई पनि सर्वाधिक कमाउने लिस्टमा परेको छ ।

चीनबाट मात्र दुई करोड २८ लाख अमेरिकी डलर कमाई गरेको ‘नो टाइम टु डाई’ले विश्व बजारबाट भने ६० करोड अमेरिकी डलर कमाइ गरेको आंकडा छ । त्यसअघि बेलायतमा सर्वाधिक कमाउने ५औँ फिल्मको लिस्टमा मार्भलको ‘एभेन्जर एन्ड गेम’ थियो । महामारीको समयपछि रिलिज भएको यो फिल्मले ‘एभेन्जर एन्ड गेम’को रेकर्ड ब्रेक गर्नुलाई ठूलो उपलब्धि मानिएको छ । 

प्रकाशित मिति : १७ कार्तिक २०७८, बुधबार  ३ : ४९ बजे