साफ यू–१७ च्याम्पियनसिप आजदेखि

गगन गनगनको सङ्केत अर्थात्  काङ्ग्रेस पराजयको उदघोष

सत्ता बहिर्गमनपछि पनि नेपाल कम्युनिष्ट पार्टी (एमाले)को क्रेज जनतामा बढेको बढ्यै देखेर विपक्षीहरू हैरान भएका छन् । नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवनबाट एमालेसँग ग्वाँ भएर अर्को सुरक्षित निर्वाचन क्षेत्रको खोजीमा छन् । निर्वाचन क्षेत्रमात्र होइन, उनी त निर्वाचन पार्टनरको समेत खोजीमा छन् । चितवनमा नेपाली काङ्ग्रेसले उनलाई भोट नहाल्ने फैसला सुनाएपछि र एमालेले आफ्नो दसौँ महाधिवेशनमार्फत चितवनमा आफ्नो पकड जमाउने भएपछि उनको होस उडेको छ । उनी कहिले उनको पूर्व निर्वाचन क्षेत्र सिराहा गएर गैह्र कम्युनिष्ट शक्ति जसपासँग आजै पार्टी एकता गरौँ भन्छन् । कहिले के । माधव नेपाल त अलिअलि सिंहदरबारमा देखिन्छन् । जनतामा लगभग शून्य !

​​​​​​​नेपाली काङ्‌ग्रेस आफ्नो महाधिवेशन गर्न नसकेर आफैँ कोल्याप्स हुने खतरामा छ । डाइनाेसर हुने खतरामा छ । विगतमा जस्तै एमालेसँग राष्ट्रव्यापी रूपमा कसरी प्रतिस्पर्धा गर्ने भन्ने अन्योल र सङ्‌कटमा छ । अहिले परमादेशले भ्यागुताको धार्नी पुर्‍याइदिए पनि आगामी चुनावमा त्यस प्रकारको धार्नी पुग्ने वाला छैन ।

सङ्घ र प्रदेशमा प्रतिपक्षमा पुगेको एमाले आफ्नो सङ्गठन सुदृढ अभियानमा लागेको छ । आधारभूत तहमा उसले आफ्नो सर्वसम्मत नेतृत्व चयन गरिसकेको छ । विधान महाधिवेशनमार्फत् आफ्ना नीति र विधिको फैसला गरिसकेको छ । अर्थात् एमाले आगामी दिनमा हुने कुनै पनि निर्वाचनको लागि आफ्ना सबै वैचारिक र साङ्गठनिक हतियारमा साँध लगाएर बसेको छ । 

संसारमा कहीँ नभएको परमादेशबाट सत्तामा पुगे पनि पाँच दलीय गठबन्धनको जनतामा कुनै सकारात्मक सन्देश गएको छैन । गठबन्धनको सबैभन्दा ठुलो दल नेपाली काङ्‌ग्रेस आफ्नो महाधिवेशन गर्न नसकेर आफैँ कोल्याप्स हुने खतरामा छ । डाइनाेसर हुने खतरामा छ । विगतमा जस्तै एमालेसँग राष्ट्रव्यापी रूपमा कसरी प्रतिस्पर्धा गर्ने भन्ने अन्योल र सङ्‌कटमा छ । अहिले परमादेशले भ्यागुताको धार्नी पुर्‍याइदिए पनि आगामी चुनावमा त्यस प्रकारको धार्नी पुग्ने वाला छैन ।

त्यही नेपाली काङ्‌ग्रेसका एक स्वनामधन्य युवा नेता गगन थापाले एमालेको गढ भक्तपुरको गुण्डुमा आगामी निर्वाचनमा एमालेलाई बढार्ने हावादारी भाषण गरेका छन् । नेताले तथ्यलाई तोडमोड गरेर बोलेको त सुनिएकै हो, तर गगन जत्तिको नेताले तथ्यहीन कुरा गर्दै हिँडेको चाहिँ पटक्कै सुहाएन । गगनले एमाले बढार्न सक्ने भए कति पटक बढार्थे होलान् , त्यो उनको तागत बाहिरको कुरा हो ।  

गत आम निर्वाचनमा एमालेले नेपाली काङ्‌ग्रेसभन्दा भक्तपुर क्षेत्र नं २मा दोब्बरभन्दा बढी मतले जितेको हो । एमाले उम्मेदवार महेश बस्नेतले नेपाली काङ्ग्रेसका हेभिवेट उम्मेदवार दमननाथ ढुङ्गानालाई सर्वनाक पराजित गरेका हुन् । गगन यो तथ्यसँग पक्कै बेखबर छैनन् । माधव समूहले भक्तपुरमा एमालेलाई छुन नसकेको सम्बन्धमा गगनका नन्दीभृङ्गीले उनलाई रिपोर्टिङ गरेकै होलान् । अनि भक्तपुरबाट एमाले बढारिने सपना देखाउने रु

एमालेले यो अवधिमा भक्तपुरका जनताको चाहनाबमोजिम विकास निर्माणका महत्त्वपूर्ण योजना सम्पन्न गरेको छ । सिंहदरबारको गजुर देखिने ठाउँ भएर पनि भक्तपुर विगतमा ओझेल परेको जिल्ला थियो । एमालेले त्यो अवस्थाबाट यो जिल्लालाई मुक्त पारेको छ । एमालेबाट निर्वाचित तीनै तहका जनप्रतिनिधिले आफ्नो बर्कतले भ्याएसम्म जनताको पक्षमा अहोरात्र काम गरेका छन् । र, हिजो अस्तिसम्म भक्तपुरको पिछडिएको काँठ अहिले विकसित सहर बन्न पुगेको छ । 

नेपाली काङ्ग्रेसले भक्तपुरको यो क्षेत्रमा विगतमा पटक(पटक विजयको माला पहिर्‍याएको हो । तर यो क्षेत्रमा नेपाली काङ्ग्रेसले माखो पनि मार्न सकेन । तर जब एमालेलाई जनताले पत्याए, भक्तपुरको मुहार फेरियो । एमालेले भक्तपुर विकासका दीर्घकालीन र अल्पकालीन योजना बनाएको छ । उसले बनाएको दीर्घकालीन योजनाहरूको सफल कार्यान्वयनको लागि एमालेको निरन्तरता भक्तपुरमा आवश्यक छ । 

सबैलाई थाहा छ( गगन थापा भाषणवाज हुन् । उनी आकाश(पाताल जोडेर नभएका वा हुन नसक्ने कुरालाई हो जस्तो गरेर प्रस्तुत गर्न सिपालु छन् । विगतमा एमाले सरकार हुँदा संसदमा सरकारविरुद्ध तथ्यहीन आरोपको उछालपछाल गरेको सबैले देखेकै हुन् । 

सत्तामा हुँदा पनि नहुँदा पनि एमालेको अजेय शक्ति देखेर गगन जस्ता काँग्रेसी नेतालाई हिजोआज निन्द्रा पर्न छोडेको छ । चाडबाडको शुभकामना दिन आयोजित कार्यक्रममा देखाइएको यो बरबराहट विजयको होइन, चुनाव आउनु धेरै अघि काङ्‌ग्रेसको पराजयको उद्घोष हो । गुण्डुको गगनको गर्जन पानी नवर्षाउने बादलको गर्जनसरह मात्र हो । 

गगनको एमाले विरोधी गर्जन र भाषणले बरु उडिरहेको चरा झर्ला, एमालेको रौँ पनि झर्दैन । 

प्रकाशित मिति : १७ कार्तिक २०७८, बुधबार  ३ : ४७ बजे