भारतमा एकजना नेपाली मृत अवस्थामा फेला

काठमाडौँ – भारतको राजधानी नयाँ दिल्लीमा एक जना नेपाली मृत अवस्थामा फेला परेका छन् ।

रोजगारीको सिलसिलामा दिल्लीमा काम गर्दै आउनुभएका ठोक्सिला, उदयपुर घर भएका ३५ वर्षीय मनिष विश्वकर्मा हिजो राति  सिलिङ पङ्खामा  झुन्डिएको अवस्थामा फेला परेको उहाँका भाइ भोल बहादुर विश्वकर्माले चक्रपथ डटकमलाई बताउनु भयो । आफ्नो भाइसँग कोठामा बस्दै आउनुभएका विश्वकर्मालाई उहाँको भाइले मङ्गलवार राती २ बजे डिउटीबाट फर्किदा कोठामा झुन्डिएको अवस्था फेला पारेका थिए ।

मृतकका शवलाई पोस्टमार्टमका लागि दिल्ली स्थित सफ्तरजंग अस्पतालमा लागिएको छ । मदन भण्डारी स्पोर्ट्स एकेडेमी प्रवास इन्चार्ज गोपाल थापाले दिल्ली स्थित प्रवासी नेपाली सङ्घ, भारतसँगको समन्वयनमा उक्त शव नेपाल ल्याउन पहल गरिराख्नु भएको छ  ।  घटना सम्बन्धी भारतीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

विश्वकर्माका श्रीमती र एक छोरा छन् ।

 

प्रकाशित मिति : १७ कार्तिक २०७८, बुधबार  १२ : ०७ बजे