एजेन्सी
काबुल । अफगानिस्तानको राजधानी काबुलमा भएको विस्फोट र आक्रमणमा कम्तीमा २० जनाको मृत्यु भएको छ ।
बन्दूकधारीहरुले काबुस्थित एउटा सैनिक अस्पतालमा गराएको विस्फोट र आक्रमणमा अन्य १६ जना घाइते भएका छन् ।
काबुलको सर्दार दाउद खान अस्पतालबाहिर विस्फोट गराएपछि बन्दुकधारीहरू अस्पताल परिसरमा प्रवेश गरेका थिए ।
अतिवादी मुस्लिम समूह इस्लामिक स्टेटसँग आबद्ध आईएस–के ले आक्रमणको जिम्मा लिएको छ । विस्फोटपछि घटनास्थलमा धुवाँको मुस्लो निस्किएको एउटा भिडियो फुटेजमा देख्न सकिन्छ ।
आक्रमणपछि आफू भागेर अस्पतालको कुनामा गएर ज्यान जोगाएको सो अस्पतालका डा.सहिद अहदले बताउनुभयो । दुई ओटा विस्फोटमध्ये एउटा विस्फोट आत्मघाती भएको उहाँले जानकारी दिनुभयो ।
१५ अगस्टमा तालिबानले राजधानी काबुल कब्जा गरेपछि आईएसले हिंसात्मक हमला गर्दै आएको छ ।
प्रकाशित मिति : १७ कार्तिक २०७८, बुधबार ८ : ०१ बजे
प्रतिक्रिया